पिकनिक गएका युवाबीच खुकुरी हानाहान, एक जना घाइते

0 Shares

गुल्मी – गुल्मी जिल्लाको मदाने गाउँपालिका ६ स्थित पर्यटकीयस्थल क्वान्के देउरालीमा पिकनिक खान गएका युवाहरुबीच खुकुरी हानाहान हुँदा एक जना घाइते भएका छन । दुई समूहबाट पिकनिक खान गएका युवाहरुबीच विवाद हुँदा खुकुरी हानाहान भएको हो। खुकुरी प्रहारबाट स्थानीय १८ वर्षीय सन्तोष कुवँको दाइने हातमा गम्भीर चोट लागेको छ।

उनको अहिले अर्घाखाँचीको सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षकले जानकारी दिए। मासु काट्न लगेको खुकुरी प्रयोग भएको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने मदाने ६ पुर्कोटदहका ३३ वर्षीय रमेश परियार र झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका १८ वर्षीय प्रशान्त परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचारसबै