मिलान बराबरीमा रोकियो

0 Shares

एजेन्सी– एसी मिलान इटालियन सिरी ए फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा मिलानले एएस रोमासँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा मिलानले बराबरी खेल्नु परेको हो ।

मिलानका लागि खेलको ३०औं मिनेटमा पिरे कालुलुले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा लिएको १–० गोलको अग्रता मिलानले जोगाउन सकेन । खेलको ७७ औं मिनेटमा टोममासो पोबेगाले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

रोमाला लागि खेलको ८७औं मिनेटमा रोजर बानेन्जले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा टामी अब्रामले गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै मिलान १७ खेलबाट ३७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । रोमा ३१ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

सम्बन्धित समाचारसबै