भकुन्डेबेँसीमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

0 Shares

काठमाडौं – काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

बनेपाबाट खार्पाचोक जाँदै गरेको बा. २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । बालिकाको मृत्युपछि स्थानीयले बसमा आगजनी गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

सम्बन्धित समाचारसबै