रास्वपाका ३ मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

0 Shares

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । आइतबार दिएको उनीहरुको राजीनामा स्वीकृत भएको र सो मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्माल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार आइतबार  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको पदबाट राजीनामा दिएका थिए ।

सम्बन्धित समाचारसबै