साफ महिला यु–२० को च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

0 Shares

काठमाडौं – दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बंगलादेश भिड्ने भएका छन् । बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बंगलादेश भिडन लागेका हुन

यस जितसँग तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय ब्यहोरेको भुटान अंक विहिन हुँदै बाहिरियो ।  भुटानसँग बंगलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको छ, भारतले तीन खेलमा सात अंक जोडेको थियो ।

सम्बन्धित समाचारसबै