कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ

0 Shares

रुपन्देही – कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गर्ने एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।  रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ९ का रामनारायण लोधलाई प्रहरीले पक्राउ गरेको हो । उनले २४ वर्षीया श्रीमती सरोजा लोधलाई भारतमा मेला हेर्न जाने भनी हातखुट्टा बाँधेर निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेका थिए ।

गत माघ १२ गते श्रीमतीको हत्या गरी फरार भएका लोधलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सम्बन्धित समाचारसबै