इटहरीको मुख्य बजार क्षेत्रको चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन् । साइट क्लियर नभएका कारण विस्तार नभएको हो । उपमहानगरले संरचना भत्काएपछि काम अघि बढ्ने बताइएको छ । इटहरीको मुख्य चौकदेखि उत्तर तरहरासम्म ६ लेन सडकको काम भने सकिएको छ । इटहरी बजारको मुख्य चोकभन्दा दक्षिणतर्फदुवैतर्फ १५-१५ मिटर विस्तार गर्ने तयारी छ ।
कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये सुनसरीको दुहबी र तरहरादेखि धरानसम्म विस्तार हुन् बाँकी छ।धरानको तिनकुनेदेखि सेउतीसम्म झन्डै चार किलोमिटर सडक विस्तारको भइसकेको छ । दुहबीमा भने काम अघि बढेको छैन । ६ लेन सडक परियोजनाको काम २०६९-७० बाट सुरु भएको थियो ।

