मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको १७ लाख भारुसहित एक जना पक्राउ

0 Shares

महोत्तरी —लुकाएर राखेको १७ लाख भारतीय रुपैयाँसहित  एक व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मटिहानी-८ का २९ वर्षका महेश यादव रहेका  छन् । मटिहानी नगरपालिका-८ स्थित दशगजा क्षेत्र नजिकैबाट ज.६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो । बरामद गरिएको रकम, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचारसबै