पाँचथरमा भिरबाट लडेर वृद्धको मृत्यु

0 Shares

पाँचथर – पाँचथरमा भीरबाट लड्दा वृद्धको मृत्यु भएको छ ।  मिक्लाजुङ गाउँपालिका– ७  स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।  श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीसहित पाँचथर ससुराली घर जाने क्रममा गत माघ २९ गते भीरबाट लडेर उनको निधन भएको हो । भीरबाट लडेका हस्तबहादुरको मंगलबार मात्रै शव भेटिएको हो ।

प्रहरी चौकी खान्द्रोङबाट खटेका प्रहरी र स्थानीयले खोजी गर्दा भीरबाट लडेका हस्तबहादुरलाई शव फेला पारेको हो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई आफन्तजनलाई जिम्मा लगाएको छ ।

सम्बन्धित समाचारसबै