नेपाल टेलिकमको नेटवर्कमा समस्या

0 Shares

काठमाडौं – नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। बुधबार दिउँसो करिब १ बजेदेखि नेटवर्कमा समस्या देखिएको हो।  अहिले नेपाल टेलिकम सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने समस्या देखिएको छ।

त्यस्तै, मेसेजिङमा पनि समस्या आइरहेको छ। मेसेज गएपनि पाउने व्यक्तिले १०-१५ मिनेटमा पाइरहेका छन्। यसबाहेक डेटा नचल्ने जस्ता समस्या समेत देखिएको छ। नेपाल टेलिकमको नेटवर्कमा समय-समयमा समस्या देखिने गरेको छ। कम्पनीको नेटवर्कमा गत माघ ३ दिउँसो १२ बजेदेखि ३ बजेसम्म समस्या देखिएको थियो।   समस्या देखिएपछि यस विषयमा बुझ्नको लागि टेलिकमसँग सम्पर्क गर्न खोज्दा यो पनि सम्भव भइरहेको छैन।

सम्बन्धित समाचारसबै