विदेशी नागरिकतामा मोज गर्छन् नेपाल फर्केर पुनः वंशज नागरिकता लिन्छन् यो गलत हो : सांसद महतो

0 Shares

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश सांसद उपेन्द्र महतोले नेपाली नागरिकता त्यागेका व्यक्ति पुनः नेपाल फर्केर आउँदा सोही स्टाटसमा नागरिकता पाउनु देशका सुरक्षाका लागि घातक रहेको बताएका छन् ।

मधेस प्रदेशसभाको बुधबार बसेको बैठकमा उनले नेपाली नागकिता त्यागेर विदेशी नागरिकता लिने र पुनः नेपाली लिन चाहने व्यक्तिलाई अंगीकृत नागरिकता दिन माग गरे । उनले २०६३ को नागरिकता ऐनमा रहेको यो व्यवस्था विभेदकारी रहेको बताए । सांसद महतोले यो प्रावधान हटाउनुपर्ने माग गरे ।

नेपाली नागरिकले विदेश गएर विदेशी नागरिकता लिन्छन् । त्यहाँ मोज गर्छन् र नेपाल फर्केपछि पुरानै स्टेटसमा पुनः नेपालको वंशज नागरिकता लिन्छन्,  उनले भने,‘यो गलत हो । त्यस्ता व्यक्तिलाई अंगीकृत नागरिकता दिनुपर्छ ।’

सम्बन्धित समाचारसबै