प्रधानमन्त्री ज्यु नेता चन्द्र भण्डारी र आमाको उपचारमा कुनै कमी नहोस् : रास्वपा सभापति रवि लामिछाने

0 Shares

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यास विस्फोटमा परी घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारी र उनको आमाको उपचारमा कुनै कमी नहोस् भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर उपचारबारे सचेत गराएको सामाजिक संजालमा उल्लेख गरेका छन् । उनले लेखेका छन्  प्रिय चन्द्र भण्डारी दाइ, म अन्तरआत्मा देखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्दछु। तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्री ज्यु लाई पनि विनम्र अनुरोध गरेको छु। सिङ्गो पार्टी समेत  तपाईंको शीघ्र  स्वस्थ लाभको कामना गर्दछ।

सम्बन्धित समाचारसबै