रौतहट – पत्रकार संजय सहनीले बिहीबार साँझ अनसन तोडेका छन्। रौतहटको गौर र ईशनाथ नगरपालिका जोड्ने लालबकैया नदीमा तत्काल पुल निर्माणको लागि दुईपक्षीय सहमति पछि सहनीले आमरण अनशन तोडिएका हुन् । पत्रकार सहनी र सरोकारवालाबीच १ वर्ष ६ महिना पुल निर्माणको कार्य सम्पन्न हुने सहमति भएपछि एकीकृत समाजवादीाक अध्यक्ष तथ पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको रोहवरमा चौथो दिनमा आमरण अनशन तोडिएको छ ।
पुल महाशाखा प्रमुख उमेश विन्दु श्रेष्ठ , संघीय सडक प्रमुख डा.बिजय जैसीबीच दुईपक्षीय सम्झौता भएको थियो । रौतहट १ का सांसद समेत रहेका नेपाल, रौतहट २ का संघीय सांसद किरण साह, क्षेत्र नं.१ (क) प्रदेश सभा सदस्य नागेन्द्र साहको आग्रहपछि सहनीले अनसन तोडेका छन् । पप्पु कन्स्ट्रक्सनले गरेको लापरबाहीको कारण गौर टिकुलिया घाट लालबकैया नदीको पुल आठ वर्षदेखि अधुरो अवस्थामा रहेको छ। समयमा पुल निर्माण नसकेको कारण केही वर्षअघि स्थानीयहरु ईशनाथबाट गौरतर्फ आइरहेको डुङ्गा पुलको पिल्लरमा ठोकिएर भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो ।
पप्पु कन्स्ट्रक्सनका तत्कालीन निर्देशक हरिनारायण रौनियारलाई कारबाही र अबिलम्ब पुल निर्माणको मागसहित नेपाल पत्रकार महासंघ रौतहट शाखाका सहसचिव समेत रहेका संजय सहनी गत आइतबारदेखि टिकुलिया घाट लालबकैया नदी किनार बगरमा आमरण अन्सन बसेका थिए ।