मकवानपुरमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

0 Shares

काठमाडौं – मकवानपुरमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु भएको छ । महनहरी गाउँपालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

हात्तीको आक्रमणबाट घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।  साविक हाँडीखोला क्षेत्रमा आइतबार साँझदेखि जंगली हात्तीले आतंक मच्चाएको स्थानीयहरुले बताएका छन् ।

सम्बन्धित समाचारसबै