प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनका नेताहरूसँग छलफल गर्दै

0 Shares

काठमाडौं- राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पनि विभिन्न दलसँग छलफल गर्दैछन्। नेपाली कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपति चुनावका क्रममा रहेको पाँच दलीय गठबन्धन ब्युँताउन सक्रियता तीव्र पारिरहेको बेलामा प्रचण्डले उनै दलका नेताहरूसँग छलफल गर्न लागेका हुन्।

कांग्रेस र एकीकृत समाजवादीले यसमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि मनाउन प्रयास गरिरहेका छन्। यही सन्दर्भमा प्रचण्डले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा तथा लोकतान्त्रिक समाजवादी लोसपासँग पुनः छलफलको तयारी गरेको उनको सचिवालयले जनाएको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङले कांग्रेसले नयाँ गठबन्धन बनाउन आग्रह गरे पनि प्रधानमन्त्रीले थप छलफल गर्ने प्रतिक्रिया दिएको बताए ।

सम्बन्धित समाचारसबै