राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाले बोलायो बैठक

0 Shares

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ। शुक्रबार मध्यान्ह १२:३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने उनले बताए। यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ।

सम्बन्धित समाचारसबै