0
Shares
पन्जाबी गायक सिद्धू मुसेवाला हत्या केसमा संलग्न दुई दोषी जेलमा भएको ग्याङ फाइटमा मारिएका छन् । पन्जाबमा तरनतारन जिल्लाको गोइंदवाल जेलमा आइतबार जेलभित्र हिंस्रक झडप भयो । यसमा मनदीप सिंह तुफान र मनमोहन सिंह मोहनाको हत्या भएको छ । एक अन्य दोषी केशवको अवस्था गम्भीर छ । प्रहरीका अनुसार तीन जनाको धारिलो हतियारले हमला गरिएको थियो ।
तरनतारनको इमर्जेन्सी मेडिकल अफिसर डा. जगजीत सिंहले भनेका छन्, ‘दिउँसो जेलबाट ल्याइएका तीन घाइतेमध्ये दुईको अस्पताल ल्याउनु अघि मृत्यु भइसकेको थियो जबकि तेस्रोको अवस्था गम्भीर छ । मारिएका ग्याङस्टर मनदीप सिंह तुफान गायक मुसेवालाको हत्याको बेला स्ट्यान्ड बाई सुटरको रूपमा उपस्थित थिए । त्यहाँ जग्गू भगवानपुरिया ग्याङका सदस्य थिए ।