१० दलीय गठबन्धनको बैठक बस्दै

0 Shares

काठमाडौँ – आज १० दलीय गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकको समय भने निर्धारण गरिसकिएको छैन ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजिरहेका छन् । तर सफल हुन सकेका छैनन् । आजको बैठकमा पनि उपराष्ट्रपति निर्वाचन र सरकार बिस्तारबारे छलफल हुने बताइएको छ ।

 

सम्बन्धित समाचारसबै