प्रधानमन्त्री प्रचण्डलाई फेरि विश्वासको मत दिँदैनौं: राप्रपा प्रवक्ता श्रेष्ठ

0 Shares

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिइने बताए। राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्। यसअघि गत पुस २६ मा राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो। सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट मन्त्री फिर्ता बोलाउने राप्रपाले गत फागुन १३ गते निर्णय गरेको थियो। ‘प्रधानमन्त्री प्रचण्डलाई राप्रपाले फेरि विश्वासको मत दिँदैन,’ उनले भने। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद प्रतिपक्षी लहरमा बसेको थियो ।

सम्बन्धित समाचारसबै