गाँजा र भारतीय नोटसहित युवक पक्राउ

0 Shares

सर्लाही – सर्लाहीको विष्णु गाउँपालिका-५ फेन्हराबाट एक युवक  गाँजा र भारतीय रुपैयाँसहित पक्राउ परेका छन् । ४ किलोग्राम गाँजा र १२ हजार भारतीय रुपैयाँसहित भारत सितामढी सुपी थाना मोहनी मण्डल पोष्ट मोहनी मण्डल ग्राम-५ बस्ने २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारसबै