नुवाकोटमा बोक्सी आरोप तथा दुरुत्साहनमा २ जनालाई कैद फैसला

0 Shares

नुवाकोट – नुवाकोट उर्लेनीका २ जनालाई बोक्सी आरोप तथा दुरुत्साहन मुद्दामा कैद फैसला भएको छ। जिल्ला अदालतले पीडितलाई क्षतिपूर्ति तथा राहत दिनुपर्नेसमेत ठहर गरेको छ। बोक्सी आरोप तथा आत्महत्या दुरुत्साहन कसूरमा तादी गाउँपालिका–१ उर्लेनीका ४८ वर्षीय लक्षु तामाङ र ५५ वर्षीय सम्बर तामाङलाई नुवाकोट जिल्ला अदालतले दुवै जनालाई २ वर्ष दुई महिना कैद सजायको फैसला गरेको हो।

जिल्ला न्यायाधीश मदनबहादुर धामीको एकल इजलासले आइतबार गरेको अन्तिम फैसलाको अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै जनही कैद सजाय, २१ हजार ५ सय रुपैयाँ जरिवाना, ५० हजार रुपैयाँ क्षतिपूर्ति र ८६० रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला भएको नुवाकोट जिल्ला अदालतले जनाएको छ।

लक्षु र सम्बरले तादी–१ की ५५ वर्षीया सन्चमाया तामाङलाई बोक्सी आरोप लगाएर शारीरिक तथा मानसिक यातना दिएपछि गत २०७७ असोज १६ गते विष सेवन गरेर आत्महत्या गरेको दाबी गर्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असोज १८ गते उजुरी दिएका थिए।

 

सम्बन्धित समाचारसबै