आज विश्वासको मत लिँदै मुख्यमन्त्री शालिकराम

0 Shares

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। प्रदेश सचिव कृष्णहरि खड्काका अनुसार आज अपराह्न ३ बजे प्रदेश सभा बैठक बस्दैछ। यो बैठक मुख्यमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नका लागि तय गरिएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन्। नेकपा माओवादी संसदीय दल नेता जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भई माघ ३ मा विश्वासको मतसमेत लिएका थिए। उनलाई त्यसबेला नेपाली कांग्रेसहित ६ दलहरूका १०५ जना सांसदहरूले विश्वासको मत दिएका थिए।

प्रतर आज कुन-कुन दलले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन्छन् अहिलेसम्म टुंगो छैन। राष्ट्रपति निर्वाचनका बेला केन्द्रमा बनेको गठबन्धनअनुसार ती दलका प्रदेश सभा सदस्यले विश्वासको मत दिन सक्छन्। मुख्यमन्त्री जम्कट्टेलले सबै दलसँग विश्वासको मत मागेका छन्। नेकपा एमाले र राप्रपालगायत दलले विश्वासको मत दिने कि नदिने निर्णय गरिसकेका छैनन्।

 

सम्बन्धित समाचारसबै