वनकालीमा राष्ट्रपति पौडेलले रोपे ‘नागचम्पा’

0 Shares

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति गौशालास्थित वनकालीमा वृक्षरोपण गरेका छन्। चैत्र शुक्ल प्रतिपदालाई ब्रमाण्डको सृष्टि भएको दिन मानिन्छ। उक्त अवसरमा वनकाली क्षेत्र पुगेर राष्ट्रपति पौडेलले नागचम्पा फूलको बिरुवा रोपेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

राष्ट्रपति पौडेल वनकाली पुग्दा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कोषका पदाधिकारीले स्वागत गरेका थिए।

वृक्षरोपण कार्यक्रमका आयोजक तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले बुधवार नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो। नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रसन्न हुने भएकाले राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपेको उनको भनाइ छ।

 

सम्बन्धित समाचारसबै