राजेन्द्र लिङ्देन : राजा ज्ञानेन्द्रले देशको चिन्ता र चासो राख्नु भएको थियो

0 Shares

काठमाडौं– राप्रपाका नेताहरू र पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। केही समयदेखि झापामा रहेका पूर्वराजालाई भेट्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू डा प्रकाशचन्द्र लोहनी, धवल शमशेर राणा र रवीन्द्र मिश्र झापा पुगेका थिए।

‘पूर्वराजासँग यसअघि पनि भेट भएको र अहिले पनि भएको हो। भेटमा स्वाभाविकक रुपमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भयो’, लिङ्देनले भने, ‘कुराकानीका क्रममा राजा ज्ञानेन्द्रले देशको वर्तमान अवस्थाका बारेमा चिन्ता र चासो राख्नु भएको थियो।’  उनीहरूले करिब २ घण्टा पूर्वराजा शाहसँग छलफल गरे।

सम्बन्धित समाचारसबै