राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको भेट

0 Shares

काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत छेन सङले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ।

पौडेल राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेटेका हुन्।  २५ फागुनमा राष्ट्रपति निर्वाचित भएका पौडेल भेटघाट तथा विभिन्न कार्यक्रमहरुमा व्यस्त छन्।

सम्बन्धित समाचारसबै