लोकन्थलीमा १६ जना जुवाडे पक्राउ

0 Shares

काठमाडौं – भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे तीन लाख बढी नगदसहित पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित एक क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

प्रहरीले मझेरी क्याफेका सञ्चालक दिलीप गिरीसहित १६ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूले सोही क्याफेमा जुवा खेलिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका-१२ घर लोकन्थली बस्ने ४९ वर्षीय टिकाराम गिरी, जुगल गाँउपालिका-५ घर भई कौशलटार बस्ने ४६ वर्षीय जितबहादुर विश्वकर्मा, सिन्धुपाल्चोककै त्रिपुरासुन्दरी गाँउपालिका-६ घर भई कोटेश्वर बस्ने ३५ वर्षीय नवराज बोहरा, जुगल-१ घर भई थिमी बस्ने ३२ वर्षीय सन्तोष श्रेष्ठ, सुनकोशी-९ घर भई काँडाघारी बस्ने ५८ वर्षीय कसाङ लामा रहेका छन् ।

सम्बन्धित समाचारसबै