0
Shares
नुवाकोट – नुवाकोटमा आरम्भ चौतारी लघुवित्तको ८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा एकजना पक्राउ परेका छन् । तादी गाउँपालिका–३ मा रहेको आरम्भ चौतरी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खरानीटार नुवाकोट शाखाका तत्कालीन शाखा प्रबन्धक विवश पाण्डे संस्थाको पैसा हिनामिना गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
संस्थामा आबद्ध सदस्यहरूको विभिन्न मितिमा किर्ते कागजात बनाई अनधिकृत रुपमा पैसा निकालेको भन्ने उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डेले ८ करोड २२ लाख ६५ हजार ५ सय ९७ रुपैयाँ ४० पैसा अपचलन गरेको आरोप छ ।