0
Shares
काठमाडौं- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल ‘समूह बी’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल चीन, म्यानमार र चाइनिज ताइपेई ‘समूह बी’ मा परेका छन् ।
प्यलेस्टाइनमा भएको पहिलो चरणको छनोटमा नेपाल समूह बी को विजेता बन्दै दोस्रो चरणको छनोटमा स्थान बनाएको हो । दोस्रो चरणको छनोटमा चीन र म्यानमार नेपाल भन्दा माथिल्लो वरीयता प्राप्त टिम छन् ।