0
Shares
काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाखमा हुने बताएकी छन्। ‘प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाट सुरू हुन्छ, प्रधानमन्त्रीको भारत भ्रमण वैशाखमा हुन्छ भनेर मैले जानकारी दिइसकेको छु,’ नयाँ दिल्लीमा बिहीबार आयोजित एक कार्यक्रमपछि नेपाली दूतावासमा पत्रकारहरूसँग उनले भनिन्।
भारत सरकारसँग भएका छलफलमा आफूले सुनौली नाकाबाहेकका अन्य नाका पनि सहज हुने गरी सञ्चालनमा आउनुपर्ने बताएको उनले जानकारी दिइन्। उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरूले सिमकार्ड निकाल्दा सहजता दिन पनि भारत सरकारसँग आग्रह गरेको बताइन्।