स्ववियु निर्वाचनको माग गर्दै अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु आन्दोलित

0 Shares

काठमाडौँ – अमृत साइन्स क्याम्पस (अस्कल) मा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ । क्याम्पस प्रमुख लोकबहादुर बरालले स्ववियु निर्वाचन गराउन नचाहेको भन्दै अनेरास्ववियुले आन्दोलन थालेको हो ।  अमृतमा अखिल क्रान्तिकारीको तालाबन्दीका कारण चैत ५ गते स्ववियु निर्वाचन हुन सकेको थिएन् ।  अहिले पनि क्रान्तिकारीको तालाबन्दी यथावत रहेको छ ।

उच्च अदालत पाटनले समेत यथाशिघ्र स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिसकेको छ । १५ दिनभित्रमा निर्वाचन हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न भनेको थियो ।  अनेरास्ववियुले अमृत क्याम्पसमा स्ववियु निर्वाचनको मिति घोषणा गर, विद्यार्थीहरूको मताधिकारको सुनिश्चितता गर भन्दै आन्दोलन गर्दै आएको छ ।

उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशन भएको अवस्थामा निर्वाचन कार्यक्रम रोकिएको थियो । विभिन्न मागहरू अघि सारेर अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो ।  उनीहरूले निर्वाचन कार्यालय र र क्याम्पस प्रशासनमा तालाबन्दी गरेर स्ववियु नहुने अन्योलग्रस्त वातावरण सृजना गरेको अनेरास्ववियुको आरोप छ ।
क्याम्पस अध्यक्ष रुद्रहरि पोखरेलले विद्यार्थीहरू गर्ने मूल्यांकनसँग डराएर क्रान्तिकारीले निर्वाचन गराउन नचाहेर तालमबन्दी गरेको बताए ।

 

सम्बन्धित समाचारसबै