विकासभन्दा बेथिति बढी भयाे : प्रदीप पौडेल

0 Shares

तनहुँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले देशमा भ्रष्टाचार धेरै भएकाले बेथिति बढ्दै गएको बताएका छन् । शनिबार रोटयाक्ट क्लवले दमौलीमा आयोजना गरेको दोस्रो पिएस मिट र पेट्स सेट्स कार्यक्रमलाई सम्वोधन गर्दै नेता पौडेलले विकासभन्दा बेथिति बढी भएकाले त्यसलाई रोक्नुपर्ने बताए ।

देशलाई संमृद्धितर्फ लैजान सुशासन र विकासका कामहरु गर्नुपर्नेमा विकृति र विसंगति मौलाउँदै गएको उनले टिप्पणी गरे । पछिल्लो समय हरेक क्षेत्र समस्यामा परेको उनको बुझाइ छ । नेता पौडेलले कृषकहरु समस्यामा परेकाले उनीहरुको समस्या समाधानका लागि राज्यले पहल गर्नुपर्ने बताए ।

सम्बन्धित समाचारसबै