वीरेन्द्रनगरमा टिप्पर पल्टीदा एकजनाको मृत्यु

0 Shares

सुर्खेत – वीरेन्द्रनगरमा टिप्परले च्यापिएर एकजनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को तारेभीर नजिकै टिप्परले च्यापिएर चालकको मृत्यु भएको हो ।

भे १ ख २२०५ नम्बरको टिप्पर बाँगेशीमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गर्दा सडकमा पल्टीदा वीरेन्द्रनगर–२ टेम्पोपार्क बस्ने ३२ वर्षीय चालक उमेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीको टोली अहिले घटनास्थलमा पुगेर क्रेनको सहायताले टिप्पर र चालकलाई निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै