नेकपा एमाले गंगा जस्तै हो, बेइमानी गर्ने कुरा कल्पनासमेत गर्न सकिदैन् : ओली

0 Shares

गुल्मी – एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्ताहरूलाई उत्ताउलो नहुन निर्देशन दिएका छन् ।  मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

‘एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका प्रवृत्ति बोकेर हिँड्न मिल्छ ? नेकपा एमाले गंगा जस्तै हो’, ओलीले कार्यकर्तालाई भने शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्नुपर्छ ।’  ओलीले एमाले पार्टी इमानका लागि इमानका साथ लडेको पार्टी भएको भन्दै एमाले कार्यकर्ताबाट बेइमानी गर्ने कुरा कल्पनासमेत गर्न नसकिने बताए ।

सम्बन्धित समाचारसबै