विराटनगरमा आफ्नै घरभित्र महिला मृत फेला

0 Shares

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–३ किरात चोकमा आफ्नै घरभित्र सोमबार एक जना महिला मृत फेला परेकी छन्।  शंकास्पद अवस्थामा ४१ वर्षीया शारदा सुन्दास बिहान ११:४० बजेतिर मृत फेला परेकी हुन्। घटना शंकास्पद देखिएपछि शारदाका पति ६८ वर्षीय बलबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मदिराको नशामा लट्ठ रहेको अवस्थामा बलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार घरभित्र ओछ्यानमा सुतिरहेको अवस्थामा शारदाको शव भेटिएको हो।

‘प्रारम्भिक अनुसन्धानबाट महिलाको मृत्युको कारण खुल्न सकेन। हत्या भएको हुनसक्ने आशंका गरिएको छ,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि र थप अनुसन्धान गरेपछि वास्तविकता पत्ता लाग्छ। तर, घटना निक्कै शंकास्पद छ।’  प्रहरीका अनुसार शारदा बलबहादुरकी कान्छी पत्नी हुन्। उनीहरूका सन्तान नरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै