डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीमा पठाउने कांग्रेसकाे तयारी

0 Shares

काठमाडौँ – सरकारमा सामेल हुन लागेको नेपाली कांग्रेसले डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीमा पठाउने भएको छ । ८ मन्त्रालयसहित सरकारमा जान लागेको कांग्रेसले डा. महतलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । आज सत्ता गठबन्धनको बैठक बसेर सरकार विस्तारबारे सहमति गर्ने तयारी छ । सहमति भएमा भोली (बुधबार)सम्म मन्त्रिमण्डल विस्तार हुने र अर्थमन्त्रीको जिम्मेवारी डा. महतले पाउने लगभग निश्ति भएको बताइएको छ ।

प्रमुख सत्ता घटक कांग्रेस र माओवादी केन्द्रबीच अर्थ मन्त्रालय कांग्रेसले लिने र गृह मन्त्रालय माओवादी राख्ने सहमति भएको छ । कांग्रेसभित्र अर्थमन्त्रीका लागि डा. मतलाई नै अघि सार्ने निर्णय भएको स्रोतले जनाएको छ ।

 

सम्बन्धित समाचारसबै