नायक शिव श्रेष्ठकाे पोडकास्ट ‘शिव दाई’

0 Shares

काठमाडौं- सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाई’ नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् । नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताउनुभएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रङ्गगकर्मी तथा अन्य क्षेत्रका व्यक्तिहरुसँग अन्तरङ्ग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका छन्  । श्रेष्ठले आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जीवनका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने बताए  ।

विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् । नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र ‘प्रेमगीत ३’ ले नेपाल र भारतमा लोकप्रियता कमाएको थियो ।

फिल्मी कर्ममा आफ्नो ४१ वर्ष बिताएका श्रेष्ठले आफ्नो कार्यक्रममार्फत सहकार्यको ४१ वर्ष समावेश गर्ने जानकारी दिए ।  एक औपचारिक कार्यक्रममार्फत नै कार्यक्रमको औपचारिक घोषणा गर्ने तयारी भएकोसमेत जानकारी दिए ।

सम्बन्धित समाचारसबै