मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, आजै ६ बजे अर्को वार्ता हुने

0 Shares

काठमाडौँ – सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीचको वार्ता सकिएको छ । गृहमन्त्रालयमा भएको छलफलमा पीडितका तर्फबाट लिखित माग राखिएको बुझिएको छ । सरकारी टोलीबाट वार्ताको नेतृत्व गरेकी गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले पीडितहरुले आफ्ना माग राखेको र पुनः ६ बजे बस्नेगरी दिउँसोको छलफल सकिएको जानकारी दिइन् ।

दिउँसोको छलफलमा आ–आफ्ना धारणा राख्ने काम भएको नेपाल समाजवादीका नेता रामरिजन यादवले जानकारी दिए ।  मिटरब्याज पीडितहरु १० दिन पैदल हिँडेर यही साता काठमाडौ आएका थिए । सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर व्याजीलाई कारवाही र पीडितलाई क्षतिपुर्ति दिनेगरी कानुन बनाउने तयारी गरेको छ ।

सम्बन्धित समाचारसबै