इलाम कारागारबाट एक कैदी फरार

0 Shares

इलाम – देशकै नमुना सुधारगृह मानिएको इलाम कारागारबाट एक थुनुवा फरार भएका छन्।  इलाम कारागारमा कैदीका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साहिला भनिने मनराज राई फरार भएका हुन्।

बिहीबार साँझ अन्दाजी ५ बजेर ४० मिनेटमा कारागारभित्रको कैदी गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको हो। गणनाका क्रममा उनी फेला नपरेपछि साँझ पौने ७ बजे नै सम्बन्धित कार्यालयमा जानकारी गराएको थियो।  फरार उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।  डाँका मुद्दाका उनी २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए।

 

सम्बन्धित समाचारसबै