सरकारमा जाने नजाने उपचुनावपछि निर्णय गर्छौं : रवि लामिछाने

0 Shares

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय गर्ने बताएका छन् । १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवार घोषणा कार्यक्रममा सभापति रवि लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताए ।

प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको बताए । अहिले पनि सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने भन्दै उनले जुनसुकै समयमा भएको भ्रष्टाचारको छानबिन गर्ने भन्ने सुटुक्क हटेको बताए ।

उनले अघि भने, ‘भ्रष्टाचारीलाई समाउँछौं नै भन्दैन भने त्यस्तो सरकारमा हामी जान सक्दैनौं ।’

सम्बन्धित समाचारसबै