गोकर्णेश्वरमा जुवातास खेलिरहेकाे अवस्थामा १२ जना पक्राउ

0 Shares

काठमाडौं -काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा जुवातास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँबस्तीको पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबासहित १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै