0
Shares
ललितपुर– बहुमूल्य प्राचिन भगवानका मूर्ती चोरी भएको विरोधमा ललितपुरको चापागाउँमा अनौठो विरोध कार्यक्रम गरिएको छ । आज आइतबार सम्पदा संरक्षण महाअभियानले ललितपुरको चापागाउँ दुई घण्टाका लागि बन्द आह्वान गरेको छ ।
महाअभियानले बिहान ८ देखि १० बजेसम्म दुई घण्टाका लागि चापागाउँ बन्द आह्वान गरेको हो । बिहानै सडकमा उत्रिएका अभियन्ताले यातायात आवागमन अवरुद्ध गरेका थिए ।