हाम्रो पार्टीको पनि समर्थन उपेन्द्रजीलाई नै हुन्छ : राजेन्द्र महतो

0 Shares

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् । उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए ।

‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’ आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदै छ । यसअघि लाेसपाले बारा २ मा राजेन्द्र महतोलाई उम्मेदवार बनाउने चर्चा थियाे । महताे स्वयंले उपेन्द्रलाई समर्थन गर्ने बताएका कारण साे सम्भावना टरेकाे छ ।

सम्बन्धित समाचारसबै