चितवन २ मा कांग्रेसका श्रेष्ठको उम्मेदवारी दर्ता

0 Shares

चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । यो क्षेत्रमा एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

श्रेष्ठको प्रस्तावक राजेश्वर खनाल  र समर्थकमा रामचन्द्र अधिकारी  रहेका छन् ।  यसअघि यो क्षेत्रमा मंसिरको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए । उनको नागरिकता प्रकरणमा विवाद भएपछि पद गएको थियो । त्यसपछि सो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।

सम्बन्धित समाचारसबै