0
Shares
काठमाडौं – रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार १३ गते ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या भएको थियो।
जिल्ला प्रहरी रामेछाप र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले थापामगरको हत्या आरोपमा स्थानीय ४ जनालाई नियन्त्रणमा लिएको हो। हत्या आरोपमा ४५ वर्षीया रामपियारी खड्का, ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर र ४५ वर्षीया अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको र घटना प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।