0
Shares
दोलखा- दोलखाको कालिञ्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको छ । पात्लेखोलामा फेला परेको शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही भाग मात्रै देखिएको छ । उक्त स्थानमा मालिङ्गो काट्न जाने क्रममा मङगलबार दिउँसो करिब १ बजे मानव कङ्काल भेटिएपछि स्थानीयले वडाध्यक्षलाई खबर गरेका थिए ।
बुधबार बिहान करिब ८ बजे चरिकोट प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि सदरमुकाम चरिकोट पठाएको छ भने उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।