0
Shares
सुर्खेत- वीरेन्द्रनगर नगरपालिका-९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७५ रूपैयाँ र मोबाइल ७ थानसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।