0
Shares
लमजुङ– नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सञ्चार विभागमा लमजुङका ऋषि अधिकारी चयन भएका छन् । विगत १८ वर्षदेखि लमजुङमा रहेर पत्रकारिता गर्दै आएका अधिकारी लाई गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सञ्चार विभाग सदस्यमा मनोनित गरेका हुन् ।
२०६१ सालदेखि लमजुङमा पत्रकारिता गर्दै आएका अधिकारी राष्ट्रिय समाचार समिति कान्तिपुर टेलिभिजन रेडियो लम्जुङ्ग, लमजुङ खबर दैनिक, नागरिक अभियान राष्ट्रिय दैनिक लगायतका सन्सार माध्यममा काम गरिसकेका अधिकारी नेपाल प्रेस युनियन लमजुङ शाखाका सभापतिसमेत हुन् ।