दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल

0 Shares

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सरकार एक्लैको प्रयासबाट सम्भव नहुने बताएका छन्।  संघ,प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र,सहकारी क्षेत्र,गैरसरकारी क्षेत्र,नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिगो विकासको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक रहेको बताएका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव हुँदैन । यसमा निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदारहरू सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ। यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रहरूले आ–आफ्नो जिम्मेवारीबोध गरी दिगो विकास अनुरूपका नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारसँग हातेमालो गर्नु जरुरी छ ।’

प्रचण्डले भने,‘हामीले यस अवधिमा गरिबी निवारणमा उल्लेख्य प्रगति हासिल गरेका छौं । बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ । शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको छ । आधारभूत तहमा खुद भर्नादर ९५ प्रतिशत पुगेको छ । समग्र स्वास्थ्य सुविधाहरूमा जनताको पहुँचमा वृद्धि भएको छ । तर पनि पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको  विकास, कृषिको आधुनिकीकरण गर्नेजस्ता विषयमा हामीले अझै बढी ध्यान पुर्‍याउनुपर्ने भएको छ ।’

सम्बन्धित समाचारसबै