डिल्लीबजारको फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीको छापा, विभिन्न सरकारी कार्यालयका छाप बरामद

0 Shares

काठमाडौँ – काठमाडौँ महानगरपालिका–३० स्थित डिल्लीबजारमा सञ्चालित फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ । कन्सल्टेन्सीको आवरणका ‘किर्ते’ काम भइरहेको सुराकको आधारमा छापा मारेर चार जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० घर भएका उत्सव सुवेदी, चितवनको राप्ती नगरपलिका–३ घर भएका ३३ वर्षीय निराजन उप्रेती, २८ वर्षका निरज उप्रेती र दाङको तुलसीपुर घर भएका सन्दीप डाँगी छन् ।

कन्सल्टेन्सीबाट प्रहरीले विभिन्न सरकारी कार्यालयका ६ थान छाप, सरकारको छाप लगाएका कागजातहरु र कम्यूटर बरामद गरेको छ । बैंकले जारी गर्ने कागजात, मालपोत, भूमि व्यवस्था सहरकारी तथा गरिबी निवारण मन्त्रालयको छाप र त्रिवि शिक्षण अस्पतालको छाप पनि बरामद गरिएको छ । आरोपीहरुविरुद्ध प्रहरीले सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारसबै