पाल्पामा १० वर्षीया बालिका बलात्कृत, ३७ वर्षीय पुरुष पक्राउ

0 Shares

पाल्पा – पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । तानसेन नगरपालिका-११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारसबै